Social Studies (Short and Long Question and Answer) SEE

 

1. Which state is the map given below? Describe the geographical environment of this province.             

                                   

The map given below is Province no. 1.

Geographical environment: It is bounded by mountainous region in the north, hilly region in the central part and Terai region in the south. The world's highest mountain, Mount Everest (8848.86 m) and the third highest mountain, Kanchanjunga (8598 m) are located in the northern part of the province. This province is irrigated by Koshi river. The Saptakoshi River is the largest river of Nepal. The central hilly part is somewhat more accessible than the mountainous region. This part of the Mahabharata mountain range is home to a wide variety of plants and herbs. Everest and Makalu Barun National Parks are in this province. The monsoon winds from the Bay of Bengal bring plenty of rainfall to the region. Koshi Tappu Wildlife Reserve also falls in this province.

2. Write the names of any two tribals living in Bagmati Province.

Sherpa and Tamang are two of the indigenous people living in Bagmati province.

3. Write the names of any two national parks in Bagmati Pradesh.

The two national parks in Bagmati province are Chitwan National Park and Langtang National Park.

4. The people of Bagmati province have different professions, What is the main occupation of the people of this province?

The main occupation of the people of Bagmati province is farming/animal husbandry/trade.



१. तल दिइएको नक्सा कुन प्रदेशको हो ? यस प्रदेशको भौगोलिक वातावरणको वर्णन गर्नुहोस् । 

                                                                 

तल दिइएको नक्सा प्रदेश नं. १ को हो ।  

भौगोलिक वातावरण ः यो प्रदेशको उत्तरमा हिमाली क्षेत्र, मध्य भागमा पहाडी क्षेत्र र दक्षिणमा तराई क्षेत्र पर्दछन् । संसारको सबैभन्दा अग्लो पर्वत सगरमाथा (८८४८.८६मी.) र तेस्रो अग्लो कञ्चनजङ्घा (८५९८ मि.) यही प्रदेशको उत्तरी भागमा रहेको छन् । यो प्रदेश कोशी नदीद्वारा सिञ्चित छ । सप्तकोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो । मध्य पहाडी भाग हिमाली क्षेत्रभन्दा केही सुगम छ । महाभारत पर्वत श्रेणी भनिने यस भागमा विभिन्न प्रकारका वनस्पति तथा जडीबुटीहरु पाइन्छन् । सगरमाथा र मकालु वरुण राष्ट्रिय निकुञ्ज यसै प्रदेशमा छन् । बंगालको खाडीबाट बहने मौसमी वायुले यस क्षेत्रमा प्रशस्त वर्षा गराउँछ । कोशी टापु वन्यजन्तु आरक्षण पनि यसै प्रदेशमा पर्दछ । 

२. वागमती प्रदेशमा बसोबास गर्ने कुनै दुई आदिवासीको नाम लेख्नुहोस् । 

वागमती प्रदेशमा बसोबास गर्ने कुनै दुई आदिवासीको नाम शेर्पा र तामाङ हुन् । 

३. वागमती प्रदेशमा पर्ने कुनै दुई ओटा राष्ट्रिय निकुञ्जको नाम लेख्नुहोस् । 

वागमती प्रदेशमा पर्ने कुनै दुई ओटा राष्ट्रिय निकुञ्जहरु चितवन राष्ट्रिय निकुञ्ज र लाङटाङ राष्ट्रिय निकुञ्ज हुन् । 

४. वागमती प्रदेशका मानिसहरु विभिन्न पेसा गर्छन् ? यस प्रदेशका मानिसले अपनाउने मुख्य एक पेसा के हो ?  

वागमती प्रदेशका मानिसले अपनाउने मुख्य पेसा खेती/पशुपालन/व्यापार हो । 




Comments

Popular posts from this blog

Solution of Journal Voucher (Office Management and Accounting ) SEE 2077/2021

Solution of Journal Voucher Class 10 (SEE)

Class VIII Social Studies Important Questions and Answers