राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका आधारभूत सिद्धान्तहरू
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका आधारभूत सिद्धान्तहरू
१. समतामूलक गुणस्तरीय शिक्षा
सबै बालबालिकामा सिक्ने क्षमता हुन्छ भन्ने सिद्धान्तअनुसार यस कार्यक्रमले सबैका लागि उपयुक्त वातावरणको सिर्जना गरी उनीहरुको सिकाइको सुनिश्चितता गर्छ। सामाजिक, सांस्कृतिक , आर्थिक तथा भौगोलिक कारणले सिमान्तकृत तथा सुविधाविहीन समुदायका बालबालिकाहरु समेतका लागि शैक्षिक पहुँच र गुणस्तरको उपलब्ध हुनुपर्छ।
२. विद्यार्थीको सिकाइको समयमा वृद्धि
प्राथमिक तहमा हाल नेपाली भाषा शिक्षणका लागि हप्ताको ८ घन्टी छुट्याइएको अवस्था छ। जो विद्यार्थीहरुको सिकाइ विशेषत भाषा सिप विकासका लागि अपर्याप्त हुन्छ भन्ने अनुसन्धानहरुले देखाएको हुँदा सो अवधि वृद्धि गर्नु जरुरी छ।
३. विद्यार्थी सिकाइ केन्द्रित
सिकाइका लागि विद्यार्थीहरुलाई क्रियाशील बनाउने किसिमका शिक्षण सिकाइ क्रियाकलापहरु गरिनुपर्छ। उनीहरुलाई जतिसक्दो सिकाइ क्रियाकलापमा संलग्न गराउन सकिन्छ त्यति उनीहरुका सिकाइको सुनिश्चितता गर्न सकिन्छ।
४. विद्यार्थीको सिकाइप्रति जवाफदेहिता
सबै बालबालिकाहरु सिक्न सक्छन भन्ने मान्यता नुसार विद्यालयमा भर्ना मात्र होइन, सिकाइको पूर्ण जवाफदेहिता हुनुपर्छ। विद्यालय स्तरीय शैक्षिक तथ्याङ्गक २०११ उनुसार ९५.३ प्रतिशत विद्यालय जाने उमेरका बाल बालिकाहरु प्राथमिक तहमा भर्ना भएका छन् भनी गर्व गर्न सक्ने ठाउँ छैन जबसम्म उनीहरुको सिकाइ उपलब्धि न्यून छ। जसलाई एक प्रकारको Hidden exclusion भन्न सकिन्छ।
५. निरन्तर शिक्षक पेसागत विकास
शिक्षकका पेसागत लागि कक्षाकोठामा विद्यार्थीहरुको सिकाइका लागि प्रत्यक्ष टेवा पुर्याउन सक्ने सक्षमता विकास गर्ने किसिमका तालिम, पुनर्ताजगी तालिम, कार्यशाला, स्थलगत पेसागत सहयोगको उपलब्धता, नियमित बैठक र छलफल आदिको व्यवस्था गर्नुपर्छ।
६. कमजोर विद्यार्थीका लागि थप अभ्यास
विविध कारणले सिक्न कठिनाइ भइरहेका विद्यार्थीहरुका लागि सुधारात्मक शिक्षण सिकाइका अवसरहरु र थप अभ्यासको व्यवस्था गरी उनीहरुलाई सिक्ने अभिप्रेरित गर्न जरुरी हुन्छ। सिक्न कठिनाइ भएका विद्यार्थीहरुलाई बोझका रुपमा लिने होइन, थप सहयोग उपलब्ध गराउनुपर्छ।
७. निरन्तर विद्यार्थी सिकाइ मूल्यांकन
विद्यार्थीका सिकाइको अवस्थाको समयोचित पहिचान र पृष्ठ पोषणका लागि नियमित र निरन्तर मूल्यांकनको आवश्यकता हुन्छ। चलनचल्तीमा रहेको पटके जाँच मात्र होइन, उनीहरुको सिकाइ क्रियाकलापमा सहभागिता र पाठगत र क्रियाकलापगत सिकाइ उपलब्धिको अवस्था, दैनिक व्यक्तिगत व्यवहार, साथीभाइसंगको घुलमिल आदि कुराहरुको नियमित मूल्यांकन गर्नुपर्छ।

Comments
Post a Comment